Prime Minister Narendra Modi to visit Nepal again Sur kasdaichan READ MORE NEWS
3:07 AM
काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–सम्बन्ध सुध्रिएको बताए पनि सम्बन्धमा सुधार नआइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने सुर कस्दैछन् ।
यसअघि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । दुई पटक नेपाल भ्रमणमा आएका बेला भने मोदीले नेपालीहरुको निकै नै मायाँ पाएका थिए । राजधानी काठमाडौंमा नै हाइहाइ पाएका मोदीले संविधानसभामै सम्बोधनसमेत गरेका थिए ।
तर अहिले पछिल्लो समय भने मोदीले नेपाली जनताको मायाँ होइन, तिरस्कार पाउने निश्चित छ । फेरि पनि नेपालीहरुको मायाँ बटुल्ने प्रयास स्वरुप नेपाल आउन लागेका मोदीले लुम्बिनी भ्रमण गर्ने भारतीय मिडियाहरुले जनाएका छन् ।
आगामी बुद्ध पूर्णिमाको अवसरमा उनी लुम्बिनी आउन लागेको भारतीय मिडियाहरुले समाचार लेखेका छन् । मोदीसँगै विहारका मुख्यमन्त्री नितिशकुमार पनि नेपाल आउन लागेको बताइएको छ तर त्यसको अधिकारिक पुष्टी भने भएको छैन ।
नेपालका परराष्ट्र अधिकारीहरुले भने मोदीको नेपाल भ्रमणबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

0 comments