16 Fighter Bartviruddh to Pakistan using a gurney? READ MORE NEWS

2:00 AM



शीर्ष अमेरिकी सांसदहरुले पाकिस्तानलाई आठ एफ-१६ लडाकू जेट विमान बेच्ने ओबामा प्रशासनको फैसलाबारे चिन्ता जनाउँदै ती विमान पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्न सक्ने बताएका छन् ।

उनीहरुले पाकिस्तानले यी विमानको प्रयोग आतंकवादविरुद्धको लडाईमा नभइ भारतविरुद्ध प्रयोग गर्न सक्ने दाबी उनीहरुले गरेका हुन् ।

सांसदहरुले यस सम्बन्धमा ओबामा प्रशासनलाई आफ्नो निर्णयबारे समीक्षा गर्न पनि अनुरोध गरेका छन् ।

सांसद म्याट स्याल्मनले बुधवार कांग्रेसमा सुनवाईका क्रममा भने, 'म सँगै कांग्रेसका कयौं सदस्यहरुले यस फैसला र बिक्रीको समयमाथि गम्भीर सवाल उठाएका छौं ।'

उनले यसका अलावा भारत र पाकिस्तानबीच तनाव अहिले झनै बढेर गएको बताए ।'हुन त पाकिस्तानले यी फाइटरको प्रयोग आतंकवादीविरुद्ध प्रयोग गर्ने जनाएको छ । केही मानिसले एफ-१६ विमानको प्रयोग आतंकवादीसँगै भारत या अन्य क्षेत्रीय शक्तिकाविरुद्ध प्रयोग गर्ने खतरा बढेको छ ।'

हाउस अफ फरेन अफेयर्स समितिका एसिया र प्रशान्त मामलको उप समितिका तर्फबाट अफगानिस्तान र पाकिस्तानको मुद्दा आयोजित कांग्रेसमा सुनवाईका क्रममा स्याल्मनसँगै अन्य सांसदले सहमति जनाएका थिए ।

जबकि अफगानिस्तान र पाकिस्तानका विशेष अमेरिकी प्रतिनिधि रिचर्ड ओल्सनले ओबामा प्रशासनको प्रतिनिधित्व गर्दै सरकारी निर्णयको प्रतिरक्षा गरेका थिए ।

You Might Also Like

0 comments