PRIYANKA KARKI READ MORE NEWS

1:10 AM



मिडिया एनपी, काठमाडौं, ६ बैशाख । सामाजिक सञ्जालको सदुुपयोग गरेर सञ्जालबाट फाईदा कमाउने पनि धेरै छन् । तर, पछिल्लो समय धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरु अश्लिलता तर्फ उन्मुख भएका छन् । सामाजिक सञ्जालमा विभिन्न फेक एकाउन्ट बनाएर सर्वसाधारणदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु माथि विभिन्न खाले नकारात्मक टिक्का टिप्पणी गर्ने मात्रै होईन भद्धा अश्लिल कमेन्ट गरिरहेका हुन्छन् ।
सामाजिक सञ्जालमा गरिने यस्ता खाले टिप्पणीले नायिका प्रियंका कार्की पनि हैरान भएकी छिन् । उनले आफ्नो हैरानी फेसबुकमा पोखेकी छन् । उनले आफ्नो फोटाहरुमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘रन्डी, भालु, बेश्या’ जस्ता शब्द प्रयोग गरेर दिने गरेको प्रतिकृयालाई लिएर चित्त दुखाएकी हुन् ।
उनले यस्ता खालका प्रतिकृया दिनु अघि सञ्जालका प्रयोगकर्तालाई आफ्नो घरकी आमा, दिदी, बहिनी, भाउजू तथा श्रीमतीलाई सम्झिन आग्रह गरेकी छिन् । आफ्नो फोटा तथा स्टाटसमा आउने यस्ता खाले कमन्टले आफ्नी आमा तथा परिवारका अन्य सदस्यले बारम्बार मन दुुखाउने गरेको उल्लेख गर्दै यस्ता खाले शब्द प्रयोगले आफ्ना परिवारले के सोच्छन् भनेर महसुश गर्न आग्रह गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छिन् ‘जब जब म नयाँ फोटो हाल्छु, नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर गर्छु किन यति धेरै गाली गर्नुहुन्छ ? उनले फेशबुक प्रयोगकर्तालाई प्रश्न गरेकी छिन् । ‘रन्डी, भालु, बेश्या जस्ता शब्द प्रयोग गरेर आनन्द महशुस गर्नु हुन्छ ?’ आफ्नो देशका कलाकारको सम्मान आफ्नै देशबाट सुरु हुनुपर्ने उनको भनाई छ ।

You Might Also Like

0 comments