news READ MORE NEWS

1:13 AM





सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन हुने सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिममा नेपाली सेनाका तर्फबाट ३९ जना सेनानीहरु तथा ३ जना सह सेनानीहरु, रक्षा मन्त्रालयबाट १ जना शाखा अधिकृत, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरीबलबाट २ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृत लगायत मित्रराष्ट्र भारत, चीन, बंगलादेश, मलेशिया, पाकिस्तान, श्रीलंका र संयुक्त राज्य अमेरिकाका १–१ जना गरी जम्मा ५४ जनाले तालिम लिएका छन् ।
तालिमको सोमबार नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले एक विशेष समारोहकाबीच प्रथम प्रवचन गरी तालिमको शुभारम्भ गरेका थिए ।
कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी जगदीश चन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा बलाधिकृत रथी महतले शिक्षार्थीहरुलाई सम्बोधन गर्दै स्टाफ कलेज प्रवेश परीक्षा उत्तीर्ण गरी तालिममा सहभागी भएका नेपाली सेनाका अधिकृतहरुलाई बधाई दिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा मित्रराष्ट्रका सैनिक अधिकृतहरुलाई तालिमको सफलताका लागि शुभकामना समेत व्यक्त गरे ।
उनले हालको सुरक्षा स्थितिको जानकारी गराउँदै यस तालिमले सुरक्षा नीति मजबुद बनाउन र शिक्षार्थी अधिकृतहरुको आफ्नो पेशागत क्षमता अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेे बिश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरीका वरिष्ठ अधिकृत, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु, पूर्व शिक्षाध्यक्षहरु, नेपालस्थित बिदेशी नियोगका सैनिक सहचारीहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुको परिवारजन, महिला र सज्जनवृन्दहरुको समेत उपस्थिती रहेको थियो ।

You Might Also Like

0 comments