Nepali Actress Sanchita Luitel | Interview | Medianp.com WATCH VIDEO NEWS

8:37 PM

मिडिया एनपी, काठमाडौं, ७ बैशाख । नायिका संचिता लुुईंटेल नेपाली रंगीन दुुनियाँले पत्याएकी नायिका हुन् । अप्सरा चलचित्रबाट अप्सरा बनेर रंगीन दुनियाँको यात्रामा होमिएकी संचिताको जीवन शैली आफ्नै प्रकारको छ । हर कसैसँग झटपट खुल्न नसक्ने संचिताको संगत गर्दै गएपछि हरेक साथी असल मित्र बन्न पुग्छन् । नेपाली सिने नगरीले अत्याधिक चाहेका बेला संचिता केहि समय फिल्म क्षेत्रबाट पर बसिन र घरगृहस्थिमा लागिन । जन्मान्तरको अस्थाई साधन संगिनी सुुईको विज्ञापनमा अभिनय गरेकी सचिंताले वर्षेनी दुुई सन्तान जन्माईन र हुर्काउन लागिन । धेरैले उनको विज्ञापन र सन्तान जन्मान्तरलाई लिएर टिक्का टिप्पणी गरेका थिए । तर, संचिता अभिनय र रियल लाईफलाई फरक हिसावले हेर्छिन ।
फरक जीवन र काम
काम र पारिवारीक जीवन फरक हो । तर, यो दुुबैको सन्तुलन मिलाउन सक्नुपर्छ । उनी पनि जीवनको यो दौरानमा परिवार र अभिनयलाई सन्तुलनमा राख्न सफल कलाकार हुन् । जिन्दगीका केहि उतार चढावलाई बिर्सेर हेर्ने हो भने उनी आफूलाई भाग्यमानी कलाकार भन्छिन् । त्यसो त उनी आफ्नो व्यक्तिगत जीवनलाई व्यक्तिगत नै राख्न चाहन्छिन् र खोतल्नै चाहन्नन् घरायसी कुरा । फिल्म क्षेत्रलाई माया गर्दा गर्दै केहि समय यो क्षेत्रबाट टाढा रहँदा उनले बारम्बार फिल्म क्षेत्रलाई सम्झने भने नगरेकी होईनन् । तर, उनी सन्तानसँगै रमाईन । जब उनका छोराछोरी स्कुल जान थाले उनलाई एक्लै बस्न मन लागेन । त्यसपछि उनी पुन फिल्म क्षेत्रमा पुनरागमन भइन् ।
दैलो थुनेर डान्स
काठमाडौंको वीर अस्पतालमा जन्मिएकी संचिता सानोमा साह्रै लजालुु स्वभावकी थिईन् । बाहिर त के उनी आफ्नै घरभित्र पनि खुुुलेर बोल्दिनथिइन् । अन्तरमुखी स्वाभावकी संचिता भित्र एकखालको अभिनय क्षमता भने सानैबाट थियो । तर, पनि उनले उनका परिवार र गुुरुहरुलाई कहिले त्यो महशुस हुन दिईनन् ।
साथी भाइसँग पनि त्यति सहजै खुल्न नसक्ने संचिता विद्यालयमा सबैकी बेस्ट फ्रेण्ड थिईन । उनलाई अरुले नाचेको हेर्दा नाच्न खुुब मन लाग्थ्यो । तर, लाजले नाच्न सक्दिनथिन् । उनी सबै गएपछि घरमा दैलो थुनेर नाच्थिन् । अहिले उनका स्कुलका अधिकांस साथी विदेशमा छन् । विदेश मै आउन निम्ता गर्छन साथीले तर, उनी साथीका परिवासँग गएर साथीको न्यास्रो मेट्छिन हिजोआज ।
पहिलो प्रेमीको हातबाट केक
संचिता आफूलाई लागेको धेरै कुरा भन्न सक्दिनथिइन् । यतिसम्म कि चलचित्र छायाँकनका क्रममा कति असजिला क्षणहरु पनि सुरु–सुरुमा भन्न नसकेर सहेकी छिन् । स्कुल जीवनमा उनलाई खुुब प्रेम पत्र आउँथे । प्रेम पत्र पढ्दाको मिठो अनुुभूति संगालेकी संचिताले आफूले भने प्रेम पत्र कोर्ने आँट कहिल्यै गरिनन् ।
उनका पहिलो प्रेमीले उनलाई नयाँ वर्षमा केक खुवाएका थिए । अहिले उनी चिकित्सक भएका छन् । एक वर्ष अघिसम्म उनीहरुको भेट हुन्थ्यो । दुुबै एकअर्कालाई हेरेर मुस्कुराउँथे अनि केहि कुराकानी गर्थे । तर, १ वर्ष भयो उनीसँग संचिताको भेट भएको छैन् । उनलाई त्यो पल सम्झदा रमाईलो लाग्छ ।
बाबाको अधिवक्ता बनाउने सपना र छोरीको अभिनय यात्रा
सानैबाट बाबासँग एकदमै नजिक रहने संचिताका पिताको छोरीलाई कानुन पढाउने र अधिवक्ता बनाउने सपना थियो । उनी आफैंलाई पनि वकालतको पेशा मन पर्थ्यो । उनको कानुुनमा झुकाव थियो । संचिताले कहिल्यै सोचेकी थिईनन् फिल्म खेल्छु, समाजमा यति धेरै खुलेर बोल्न सक्छु भनेर ।
उनलाई डा. भोला रिजालले नेपाली सिने नगरीमा भित्राए । उनी रिजालको हात समातेर फिल्ममा प्रवेश गरेकी कलाकार हुन् । स्कुल जीवन सकेर कलेज जीवन सुरु गर्ने बेलामा आफैं काम गर्ने रहर सबैमा हुन्छ त्यो उनमा पनि थियो । आफ्नो बेग्लै नाम र आफैंले कमाएको खर्च गर्न केहि काम गर्ने भन्ने सोच बनाएकी उनलाई थाहा थिएन के काम गर्ने । ठिक त्यहि बेला डा. रिजालले उनलाई चलचित्र अप्सरामा खेलाउने कुरा गरे ।
उनले अप्सरामा अभिनय गरिन् । यहि क्षेत्रमा निरन्तर लागिरहन उनलाई उनका आमा बुवाले सधैं प्रोत्साहन गरे । अप्सरा रिलिज भएको तेस्रो दिन चलचित्र आशिर्वादको अफर आयो । यो क्रम जीवनमा चलिरह्यो । तर, आमा बनेपछि केहि समय फिल्मी क्षेत्रबाट अलग रहेकी लुुईंटेल फेरि फर्किएकी छिन् रंगीन दुनियाँमा । वकिल बनाउने सपना देखेकी छोरी फिल्मकी हिरोईन बन्दा कहिल्यै गुनासो गरेनन् उनका पिताले

You Might Also Like

0 comments